(१) संविधानको धारा २७९ को उपधारा (२) मा उल्लेख भएका विषयका सन्धि बाहेक अन्य विषयका सन्धिहरू मध्ये अुनमोदन, सम्मिलन, स्वीकृति वा समर्थन गर्नुपर्ने भनी व्यवस्था भएको सन्धिलाई अनुमोदन, स्वीकृति वा समर्थन गर्नु परेमा वा कुनै सन्धिमा सम्मिलित हुन चाहेमा सो सम्बन्धी प्रस्ताव नेपाल सरकारले व्यवस्थापिका–संसद्मा पेश गर्नु पर्दछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको सन्धिको अनुमोदन, स्वीकृति, समर्थन वा सम्मिलन सम्बन्धी प्रस्ताव व्यवस्थापिका–संसद्मा उपस्थित सदस्य संख्याको बहुमतबाट पारित हुनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम व्यवस्थापिका–संसद्बाट प्रस्ताव पारित भएपछि नेपाल सरकारले सो सन्धिमा भएको व्यवस्था बमोजिम अनुमोदन, स्वीकृति, समर्थन वा सम्मिलनको सूचना सम्बन्धित पक्ष वा अधिकारीलाई दिनेछ ।
(४) कुनै अन्तर सरकारी सङ्गठनको स्थापना गर्ने वा त्यस्तो कुनै सङ्गठनको सदस्यता प्राप्त गर्ने सन्धि वा प्रचलित कानुनको प्रतिकूल हुने सन्धिको हकमा त्यस्तो सन्धिमा अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनको व्यवस्था नगरिएको भए तापनि व्यवस्थापिका–संसद्बाट प्रस्ताव पारित नभएसम्म नेपाल वा नेपाल सरकार त्यस्तो सन्धिको पक्ष हुन सक्ने छैन ।